त्रिशूली– ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट दुईजनाको जीवितै उद्धार

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

त्रिशूली– ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजनाको जीवितै उद्धार भएको छ । सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको श्रीराम न्यौपानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। 

न्यौपानेले भनेका छन्, ‘यस सुरुङभित्र अरू पनि छन् भन्ने जानकारी प्राप्त भएको छ। अन्यको पनि खोज तथा उद्धार कार्य जारी रहेको छ।’ भोटेकोशी बाढीको १०औँ दिनमा दुईजनालाई जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएको छ ।

सुझावित समाचार