ग्यास उद्योगीले तराईबाट काठमाडौंसम्म ढुवानी गरेको लागत बढेको भन्दै विपतको समयमा ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ १८ पैसा बढाएका छन्। मूल्य वृद्धिपछि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ रहेको ग्यासको भाउ शुक्रबारदेखि २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ।
हालसम्म आयल निगमले मात्रै ग्यासको भाउ निर्धारण गर्दै आएकोमा उद्योगीले बिहीबार दिउँसो भेला डाकेर ढुवानी खर्च जोडी ग्यासको भाउ एकतर्फी निर्धारण गरेका हुन्।