बाढी तथा प्राकृतिक विपतबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २८ लाख २० हजार २४९ रुपैयाँ सहयोग गरेको छ।
संस्थाका अध्यक्ष राजकुमार राई, प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेल, सहायक कार्यकारी प्रमुख ऋषिप्रसाद न्यौपाने, वरिष्ठ प्रबन्धक रघुनाथ सुवेदी तथा कम्पनी सचिव एवं जनशक्ति व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठसहितको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।
सहयोग हस्तान्तरणका क्रममा संस्थाले हालै भोटेकोशी लगायत विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपतबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको यथाशीघ्र खोजी तथा उद्धारका लागि शुभेच्छा व्यक्त गरेको छ।