केल्मी नेपालद्वारा राहत कोषमा १५ लाख सहयोग, डेढ करोडबराबरको ‘क्लोथ बैंक’ सञ्चालन गर्ने

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

खेलकुद पोसाक तथा सामग्री उत्पादक ब्रान्ड केल्मी नेपालले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रमको घोषणा गरेको छ।

केल्मी नेपालले बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा १५ लाख ५ हजार ५५५ रुपैयाँ जम्मा गरिसकेको छ।

यसैगरी कम्पनीले आगामी १५ दिनभित्र रसुवा र नुवाकोटमा करिब डेढ करोड रुपैयाँबराबरका नयाँ कपडा समावेश गरी ‘क्लोथ बैंक’ सञ्चालन गर्नेछ।

क्लोथ बैंकमार्फत उपलब्ध गराइने नयाँ कपडा रसुवा र नुवाकोटका विपद् प्रभावित नागरिकलाई पूर्ण रूपमा निःशुल्क वितरण गरिनेछ। राहत सामग्री प्रत्यक्ष रूपमा वितरण गर्नुको सट्टा नेपाल सरकारले तयार पारेको प्रभावित व्यक्ति तथा परिवारको आधिकारिक सूचीका आधारमा वास्तविक पीडितसम्म सहयोग पुर्याउने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ।

वास्तविक प्रभावित व्यक्ति तथा परिवारसम्म मात्रै राहत पुग्ने सुनिश्चित गर्न सरकारको आधिकारिक सूचीलाई आधार बनाइनेछ। यसबाट राहत वितरणमा पारदर्शिता कायम हुनुका साथै आवश्यकतामा रहेका नागरिकले प्राथमिकताका आधारमा सहयोग प्राप्त गर्ने कम्पनीको विश्वास छ।

यसैबीच, बाढीका कारण नुवाकोटको त्रिशूलीस्थित केल्मीको सोरुम पूर्ण रूपमा क्षति भएपछि कम्पनीले विदुर वा आसपासको क्षेत्रमा नयाँ सोरुम विस्तार गर्ने तयारी गरेको छ।

सुझावित समाचार