नेकपाका प्रदेश सांसदले १५ दिनको पारिश्रमिक बाढीपीडितलाई दिने

मंगलबार, १६ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश सांसदले आफ्नो १५ दिनको पारिश्रमिक भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडितको राहतका लागि दिने भएका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा सोमबार बेलुकी बसेको बैठकले राहतस्वरूप १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकाेप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय गरेको हो ।

प्रदेश सभामा नेकपाका २० सांसद छन्। प्रदेश सरकारले दुई करोड तथा प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने निर्णय यसअघि भएको थियो। नेपाली कांग्रेस प्रदेश संसदीय दलले पनि यसअघि बाढीपीडितका लागि सहयोगस्वरूप पार्टीका प्रदेश सांसदको १० दिनको पारिश्रमिक बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक बाढीपीडितलाई दिने यसअघि घोषणा गरेका थिए । 
 

सुझावित समाचार