भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत उद्धार तथा पुनर्स्थापनाका लागि नागरिक स्टक डिलर कम्पनी लिमिटेडले २० लाख रकम सहयोग गरेको छ।
कम्पनीले आफ्नो कोष र कर्मचारीहरूको एक दिनको तलबबराबरको कुल २० लाख २५ हजार ८८७ रुपैयाँ सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
बाढीबाट ठुलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै कम्पनीले विपतमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परेका घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।