माछापुच्छ्रे बैंक लिमिटेडले ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’मा दुई करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। बैंकका अध्यक्ष रोशन केसीले उक्त रकमबराबरको चेक सोमबार आयोजित एक कार्यक्रमबिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
विपतको समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेको क्षति र प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले सो रकम कोषमा जम्मा गरेको जनाएको छ।
उक्त कार्यक्रममा बैंकका पूर्वअध्यक्ष उपेन्द्र महतो, सञ्चालक विश्वप्रकाश गौतम र कार्यकारी अधिकृत सन्तोष कोइराला उपस्थित थिए।