आइतबार सुन तोलामा नाै हजार पाँच सय रुपैयाँले घट्यो

आइतबार, १४ भदौ, २०८३
डिजिटल संस्करण

साताको पहिलो कारोबारका दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला तीन लाख नाै हजार रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १८ हजार पँच सय रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला नाै हजार पाँच सय रुपैयाँले घटेको हो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार यसको मूल्य प्रतितोला चार हजार ९६५ रुपैयाँ थियो।

यसअनुसार चाँदीको मूल्य प्रतितोला १८५ रुपैयाँले घटेको हो।

सुझावित समाचार