नेपाल एसबिआई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि राहत सामग्री वितरण गरेको छ।
बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्ने उद्देश्यले बैंकले राहत सामग्री वितरण गरेको जनाएको छ। विपतकाे कठिन अवस्थामा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग उपलब्ध गराउनु बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गतको पहल भएको बैंकले जनाएको छ।
बैंकले प्राकृतिक विपतबाट प्रभावित समुदायको पुनर्स्थापना, पुनरुत्थान तथा समग्र कल्याणमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मानवीय सेवा, सहानुभूति र ऐक्यबद्धताको भावनालाई आत्मसात् गर्दै संकटका समयमा आवश्यक सहयोगलाई निरन्तरता दिने बैंकले जनाएको छ। नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ।