प्रभावित क्षेत्रका १४ एनसेल टावर पुनः सञ्चालनमा

शुक्रबार, १२ भदौ, २०८३
डिजिटल संस्करण

बाढी तथा पहिरोले प्रभावित रसुवा, नुवाकोट र धादिङमा क्षति पुगेको एलसेलका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा आएका छन् ।

प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका तीन, नुवाकोटका आठ र धादिङका तीन साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । विपत्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावर प्रभावित भएका थिए ।

‘सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरी टावर सञ्चालनमा ल्याइएको छ भने कति स्थानमा पुराना माइक्रोवेभ लिंकको प्रयोग गरी नेटवर्क पुनः सुचारु गरिएको छ ।’ एनसेलकी नेटवर्क हेड लेनाकेशरी कंसाकारले भनिन् । बाढी तथा पहिरोबाट बन्द रहेको नेटवर्क पुनस्र्थापनाका लागि एनसेलले एयर रुट र ल्यान्ड रुट दुवैबाट प्राविधिक टोली परिचालन गरेको थियो । सरकारी निकायहरूको सहयोग र समन्वयमा टोलीहरू प्रभावित क्षेत्रमा पुगेर नेटवर्क मर्मत तथा पुनस्र्थापना गर्न सफल भएका हुन् ।

सुझावित समाचार