सम्पत्ति शुद्धीकरणको कसुरमा फरार चार कम्पनीका सञ्चालक पक्राउ

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

बिचौलिया दीपक भट्ट जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा फरार रहेका चारजना पक्राउ परेका छन्। हिमालयन इन्भेस्टमेन्ट बैंकका सञ्चालक सुभाष पौडेल, क्वेस्ट माइक्रोलाइभ इन्भेस्टमेन्टकी सञ्चालक सुनिता महर्जन, नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक अनुप मालाकार र नेपाल माइक्रोे इन्स्योरेन्सकी सञ्चालक सुनिता श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पक्राउ गरेको हो। 

उनीहरूविरुद्ध गत २८ जेठमा विशेष अदालतमा मुद्दा दायर भएको थियो। अदालतमा उपस्थित नभएकाहरूलाई पक्राउ गरी अदालतमा पेस गरिने सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। 

सुझावित समाचार