सरकारले कटौती गरेकाे स्वीकृत दरबन्दीअनुसार सबैभन्दा बढी कटौती प्रशासन सेवातर्फ भएको छ । नेपाल प्रशासन सेवातर्फ ४९९ दरबन्दी कटौती भएको छ ।
त्यस्तै, नेपाल इन्जिनियरिङमा १९७, नेपाल कृषि सेवामा १३०, नेपाल विविध सेवामा ११०, नेपाल वन सेवामा ६६, आर्थिक योजना तथा तथ्यांक सेवामा २० र नेपाल शिक्षामा १९ दरबन्दी कटौती भएका छन् ।
न्याय सेवा र स्वास्थ्य सेवामा भने दरबन्दी थप भएका छन् । नेपाल न्याय सेवामा समग्रतामा एकजनाको दरबन्दी थप भएको छ भने स्वास्थ्य सेवामा समग्रमा १५ दरबन्दी थप भएको छ ।