एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा नासा सेक्युरिटिजको सहप्रायोजन

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली खेलकुद क्षेत्रको सर्वाधिक प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा नासा सेक्युरिटिजको सहकार्यले यो वर्ष पनि निरन्तरता पाएको छ।

यही भदौ १८ गते हुने अवार्डको २३औँ संस्करणका लागि नेपाल खेलकुद पत्रकार मञ्च र नासा सेक्युरिटिज कम्पनी लिमिटेडबिचको सहकार्य सम्झौता नवीकरण भएको छ। सम्झौतासँगै नासा सेक्युरिटिज अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’ बनेको छ।

सम्झौताअनुसार नासा सेक्युरिटिजले अवार्डमा सहप्रायोजन गर्नेछ। मञ्चले नासालाई अवार्डको ‘स्टक ब्रोकरेज पार्टनर’का रूपमा प्रवर्द्धन गर्नेछ। सम्झौतापत्रमा मञ्चका महासचिव अञ्जन खड्का र नासा सेक्युरिटिजका अध्यक्ष मदन पौड्यालले हस्ताक्षर गरेका छन्। 

नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुद पत्रकारिताको विकाससँगै नेपाली खेलाडी, प्रशिक्षक र खेलकर्मीको योगदानलाई सम्मान र प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम गर्दै आएको छ। मञ्चले पल्सर स्पोर्टस् अवार्डमार्फत नेपाली खेलकुद क्षेत्रका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई हरेक वर्ष सम्मान गरिरहेको छ।

नासा सेक्युरिटिज पुँजीबजार तथा धितोपत्र कारोबार क्षेत्रमा सेवा प्रदान गर्दै आएको अग्रणी कम्पनी हो। स्पोर्टस् अवार्डमा सहकार्य गर्दै कम्पनीले आफ्नो  खेलकुदप्रतिको प्रतिबद्धतालाई पुनः एकपटक प्रमाणित गरेको छ।

सुझावित समाचार