चौधौँ साग चैतमा हुने

आइतबार, ७ भदौ, २०८३
डिजिटल संस्करण

पाकिस्तानको इस्लामाबादमा भएको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)को बैठकले १४औँ दक्षिण एसियाली खेलकुद (साग) ०८३ चैत २० देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।

बैठकले पाकिस्तानमा हुने १४औँ सागमा विभिन्न २८ खेल समावेश गर्ने निर्णय गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तर्फबाट बैठकमा सहभागी राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले जानकारी दिइन्।

समावेश गरिने खेलमा एथलेटिक्स, पौडी, आर्चरी, ब्याडमिन्टन, बास्केटबल ९३ एक्स ३, ५ एक्स ५०, बिलियर्ड एन्ड स्नुकर, बक्सिङ, क्रिकेट, फेन्सिङ, फुटबल, गल्फ, ह्यान्डबल (बिचसहित), हक्की, जुडो, कबड्डी, कराँते, रोबिङ, रग्बी सेभेन्स, सुटिङ, स्क्वास, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्रायथलन, भलिबल (बिचसहित), भारोत्तोलन, कुस्ती र उसु रहेका छन्।

सागको १३औँ संस्करण नेपालमा सन् २०१९ को डिसेम्बरमा भएको थियो। बैठकमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ तथा उपाध्यक्ष चतुरराज राजवैद्य  सहभागी थिए।

सुझावित समाचार