अवार्डलाई इम्बार्क कलेजको साथ

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ ले इम्बार्क कलेजको साथ पाएको छ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २३औँ संस्करण आगामी १८ भदौमा हुँदै छ ।

इम्बार्क कलेज अवार्डमा एजुकेसन पार्टनरका रूपमा रहेको छ । मञ्चले छनोट गर्ने एकजना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति (अधिकतम १८ लाखसम्मको) प्रदान गर्नेछ ।

मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने रिसर्च, तालिम तथा मेन्टरसिप कार्यक्रममा इम्बार्क कलेजले सहयोग गर्नेछ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरका तर्फबाट नीरज न्यौपानेले हस्ताक्षर गरे । 

सुझावित समाचार