एनएमबि बैंकले अनलाइन कर्जा आवेदन तथा ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने बैंकले जनाएको छ।
नयाँ डिजिटल पोर्टलमार्फत ग्राहकहरूले जुनसुकै स्थान वा डिभाइसबाट सजिलै कर्जाका लागि आवेदन दिन र आफ्नो आवेदन कुन चरणमा पुगेको छ भनी ‘रियल–टाइम’मा ट्रयाक गर्न सक्नेछन्।
यसले कर्जा स्वीकृत हुने समय घटाउनुका साथै सम्पूर्ण प्रक्रियालाई पारदर्शी, सरल र वातावरणमैत्री बनाउने बैंकको विश्वास छ। नेपालमा आधुनिक तथा कागजरहित बैंकिङ सेवा प्रवर्द्धन गर्ने लक्ष्यका साथ यो सेवा सुरु गरिएको बैंकले जनाएको छ। सम्पूर्ण कर्जा प्रक्रियालाई डिजिटलाइज गरी ग्राहकको समय बचत गर्न र दिगो तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने बैंकले प्रतिबद्धता जनाएको छ।
अनलाइन कर्जा आवेदनका लागि digi.nmb.com.np मा लगइन गरेर ‘लोन सर्भिसेज’मा गई ‘एक्सप्लोर प्रोडक्ट्स’मा क्लिक गर्नुहोस्। आफूलाई चाहिएको कर्जा शीर्षक छनोट गरी आवश्यक विवरणहरू भर्नुहोस्। फारम बुझाउनासाथ तुरुन्तै ट्रयाकिङ आइडी प्राप्त हुनेछ।