नयाँ बानेश्वरमा कार र स्कुटर ठोक्किँदा पठाओ यात्रु घाइते

बुधबार, ३ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौंको नयाँ बानेश्वर चोकस्थित पिपलबोटनजिक कार र स्कुटर एक–आपसमा ठोक्किँदा पठाओका यात्रु घाइते भएका छन्। बुधबार दिउँसो भएको दुर्घटनामा पुरानो बानेश्वरबाट नयाँ बानेश्वरतर्फ जाँदै गरेको कारको टायर पन्चर भएपछि सन्तुलन बिग्रिएर सोही दिशामा गइरहेको स्कुटरसँग ठोक्किएको बताइएको छ।

दुर्घटनामा पठाओ स्कुटरमा सवार यात्रुको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ। दुर्घटनाबारे थप विवरण तथा कारचालकको अवस्थाबारे जानकारी आउन बाँकी छ।

सुझावित समाचार