लुम्बिनीमा श्रीलंकाका डिक्वेलाको निरन्तरता

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकाली अनुभवी अन्तर्राष्ट्रिय खेलाडी निरोशन डिक्वेलासँगको सम्झौतालाई निरन्तरता दिएको छ । तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि लुम्बिनीले विकेटकिपर ब्याट्सम्यान डिक्वेलालाई पुनः टोलीमा आबद्ध गरेको जनाएको छ ।

दोस्रो सिजनमा उपाधिको होडबाट लगभग बाहिरिएको लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन ट्रफी उचालेको थियो । लुम्बिनीको यो सानदार यात्रामा श्रीलंकाली विकेटकिपर ब्याट्सम्यान डिक्वेलाले प्रत्येकजसो खेलमा उत्कृष्ट प्रदर्शन गरे । गत सिजनमा उनी सुरुदेखि लुम्बिनीमा आबद्ध भएका थिएनन् । 

लुम्बिनीले चार खेल खेल्दा डिक्वेलालाई आबद्ध गरेको हो । उनी आउनुअघि लुम्बिनीले चारमध्ये तीन खेल गुमाएको थियो । त्यसपछि लुम्बिनीले लगातार ६ खेल जित्दै अविस्मरणीय रूपमा दोस्रो एनपिएलको उपाधि उचाल्यो । समग्रमा डिक्वेलाले कुल ६ खेलमा एक सय ३७ रन बनाएका थिए ।

सुझावित समाचार