- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको साउन ३० गते शनिबारदेखि भदाै ५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) यस साता कार्यक्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ । सहकर्मीको सहयोगले सफलता मिल्नेछ । पारिवारिक वातावरण सुखद रहनेछ । लगानीबाट लाभको सम्भावना छ । बुधबारदेखि एक्लोपना र निराशाले सताउनेछ । साताको अन्त्यमा साथीको सहयोगले कमजोरी सुधार्न मद्दत पुग्नेछ । विद्यार्थीले मिहिनेतअनुसार राम्रो परिणाम पाउनेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) जागिर वा व्यवसायमा क्रमशः प्रगति हुँदै जानेछ । स्वास्थ्य राम्रो रहनेछ र काममा उत्साह बढ्नेछ । परिवारका साना कुरालाई बेवास्ता नगर्नुहोस् । आत्मविकास र नयाँ कुरा सिक्न समयअनुकूल रहनेछ । सम्पत्तिसम्बन्धी काममा सकारात्मक परिणाम मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । साताको अन्त्यमा श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्ने शुभ योग रहेको छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । यात्राको राम्रो योजनाले खर्च र असहजता घटाउनेछ । साताको अन्त्यमा सामाजिक सम्बन्ध बलियो बन्दै जानेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) केही मात्रामा खर्च बढ्नेछ । आफ्नै कमजोरीले विवादमा परिने योग भएकाले धैर्यले काम लिने समय छ । छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । साताको अन्त्यमा नयाँ प्रेमसम्बन्धमा गोपनीयता र सावधानी अपनाउनुहोस् । सम्पत्तिसम्बन्धी विवादमा सतर्क नै रहनुपर्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) यस साता प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । पारिवारिक जिम्मेवारीलाई हल्का रूपमा नलिनुहोस्, किनकि सानो लापरबाहीले पनि तनाव निम्त्याउन सक्छ । बुधबारदेखि ठुला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । अनावश्यक यात्राबाट यो साता जोगिनु राम्रो हुनेछ । आत्मविकास र नयाँ कुरा सिक्न समयअनुकूल रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मानसम्मान बढ्नेछ । बोलीको भरमा नयाँ कामको थालनी हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । रोकिएका कामहरू बिस्तारै बन्दै जानेछन् । साताको अन्त्यमा पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । प्रशस्त धनआर्जन गर्ने मौका छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । अध्ययन–अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभप्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषि पेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । साताको अन्त्यमा घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुनेछ । बढुवा वा महत्वपूर्ण जिम्मेवारी मिल्ने साता रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सुरुमा अलि दौडधुप गर्नुपर्ने देखिन्छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर मिल्नेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ हुनेछ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान पाइनेछ । साताको अन्त्यमा नयाँ काममा हात हाल्ने समय छ । प्रशस्त धनआर्जन र संग्रह गर्ने मौका छ । नयाँ जिम्मेवारी वहन गर्ने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) साताको प्रारम्भमा अचानक धनलाभ हुने सम्भावना छ, जसले आर्थिक स्थिति मजबुत हुनुका साथै भविष्यका योजनाहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन मद्दत गर्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । स्वादिष्ट परिकारको अवसर मिल्नेछ । साताको अन्त्यमा आकस्मिक धनलाभको योग रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) यो साता राजनीतिक कार्यमा सफलता मिल्नेछ । विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखापर्न सक्छ । पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवादमा आफ्नो जित हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) इच्छाएको जिम्मेवारी प्राप्त हुन सक्छ । खानपानमा खर्च गर्न मन हौसिन्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । आफूलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउनेछन्
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । सवारीमा समेत सावधानी अपनाउनुपर्ला । स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । प्रयत्न गर्दा व्यावसायिक काम बन्नेछ । आफन्तको मद्दतले काम बन्नेछ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला ।