सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

शुक्रबार, २९ साउन, २०८३
डिजिटल संस्करण

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेकपा एमालेको समर्थनमा भट्टले आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । प्रदेश प्रमुखको कार्यालयले नवनियुक्त मुख्यमन्त्री भट्टको शपथग्रहण दिउँसो ३ बजे राखेको छ। मुख्यमन्त्री भट्टले केही मन्त्रीसहित शपथग्रहण गर्ने तयारी छ ।

मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै भट्टले आफू सदनको विश्वास लिएर सुदूरपश्चिमका जनताको हितमा काम गर्ने बताए । ‘दैनिक चमत्कार त सम्भव हुँदैन, तर जे गर्नेछु, राम्रो गर्नेछु, मान्छेलाई राम्रो गर्याे भन्ने अनुभूति दिलाउनेछु,’ उनले भने ।
  

सुझावित समाचार