फ्लेम अवार्डस् एसिया २०२६ मा नेपालको शानदार प्रदर्शन

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण

नेपालले नयाँ दिल्लीको ताज भिभान्तमा आयोजित फ्लेम अवार्डस् एसिया २०२६ मा सानदार प्रदर्शन गरेको छ। रुरल मार्केटिङ एसोसिएसन अफ इन्डियाद्वारा आयोजित समारोहमा आउटरिच नेपाल, लेमन र डिजिटल इनले संयुक्त रूपमा १३ स्वर्ण, ३ रजत र १ कांस्य गरी कुल १७ अवार्ड जितेका छन्।

दक्षिण एसियाका अग्रणी एजेन्सीहरूबिचको कडा प्रतिस्पर्धाका बिच नेपालका पाँच एजेन्सीहरूले विभिन्न विधामा अवार्ड जितेका हुन्। आउटरिच, लेमन र डिजिटल इनका साथै स्टर्म कम्युनिकेसन नेपाल र डी २० ल्याब्सले पनि सफलता हात पारेका छन्। भारत, नेपाल, बंगलादेशसहित विभिन्न देशका ४० भन्दा बढी जुरी सदस्यले मूल्यांकन गरेको यस प्रतिस्पर्धामा अर्न्स्ट एन्ड यङ (इवाई)ले ट्याबुलेसन पार्टनरको भूमिका निर्वाह गरेको थियो।

उक्त उपलब्धिबारे बोल्दै आउटरिच नेपालका संस्थापक उजय शाक्यले यो सफलता नेपालको मार्केटिङ कम्युनिकेसन्स उद्योगको प्रतिभा र सामूहिक प्रयासको पहिचान भएको बताए। यो प्रदर्शनले नेपाली एजेन्सीहरूको क्षेत्रीयस्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता र नयाँ पुस्ताका मार्केटिङ प्रोफेसनलहरूको सम्भावनालाई उजागर गरेको छ।

सुझावित समाचार