एनआइसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समितिले चुक्ता पुँजीको ५० प्रतिशत (करसहित) नगद लाभांश दिने प्रस्ताव गरेको छ।
मंगलबार सम्पन्न सञ्चालक समितिको १७४औँ बैठकले दसाैँ वार्षिक साधारणसभामा उक्त प्रस्ताव पेस गर्ने निर्णय गरेको हो। क्यापिटलको साधारणसभा आगामी भदाै २६ गते शुक्रबार एनआइसी एसिया क्यापिटलको रजिस्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे हुँदै छ।
साधारणसभाले आर्थिक वर्ष ०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा सञ्चालक समितिको नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गर्नेछ।