एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षित गर्दै नयाँ विद्युतीय सवारीसाधनका लागि आधार दर + ०.५ प्रतिशतको विशेष कर्जा सुविधा ल्याएको छ।
वातावरणमैत्री यातायात र दिगो बैंकिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो आकर्षक र किफायती इभी कर्जा योजना सुरु गरेको बैंकले जनाएको छ। इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टल नं ०५ वा देशभर रहेका एनएमबि बैंकका शाखाहरूमार्फत आवेदन दिन सक्ने बताइएको छ।