कपिलवस्तुका पूर्वमेयर सिंह मृत अवस्थामा फेला

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर  किरण सिंह मृत अवस्थामा जंगलमा भेटिएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० स्थित जंगलमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरले पूर्वमेयर सिंह आज दिउँसो करिब १२ बजे मृत अवस्थामा जंगलमा भेटिएको बताए । सिंह गत शुक्रबारदेखि सम्पर्कविहीन भएका थिए । शव उत्तानो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शुक्रबारदेखि सम्पर्कविहीन भएका  सिंहको खोजिमा सुरुदेखि नै प्रहरी तथा स्थानीयहरू लागिपरेका थिए । खोजीका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।

प्रहरीका  अनुसार सिंहले प्रयोग गर्ने मोटरसाइकल पनि जंगलमै भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार