कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेको छ । बैंकले अग्राधिकार सेयरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिबाट असार मसान्तसम्म अनुपातिक रूपमा नौ प्रतिशत र साधारण सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (करसमेत) दिने घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको २०औँ वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीले प्राप्त गर्नेछन् । गत वर्ष बैंकले बोनस सेयर र नगद लाभांश गरी १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको ४१९औँ बैठकले उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।