मैझारो गर्दै किसान

आइतबार, २४ साउन, २०८३
डिजिटल संस्करण

रासायनिक मलको अभावबिच यसपालिको धान रोपाइँ मैझारो हुन लागेको छ । कृषि विभागका अनुसार शुक्रबारसम्म देशभर ९६.०६ प्रतिशत रोपाइँ सकिएको छ । 

सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिएको विभागले जनाएको छ । उक्त प्रदेशमा एक लाख ५४ हजार ९५० हेक्टरमा रोपाइँ भएको अनुमान रहेकोमा सबै भूभागमा किसानले धान रोपिसकेको विभागको भनाइ छ । सुदूरपश्चिममा जेठ दोस्रो साताबाटै धान रोप्ने सुरु हुने भएकाले अन्यत्रको तुलनमा मैझारो पनि छिटो हुन्छ । 

अन्य प्रदेशमा पनि रोपाइँ सकिने चरणमा छ । विभागका अनुसार कोशीमा ९३.६९, मधेशमा ९४.६५, बागमतीमा ९७.८२, गण्डकीमा ९५.५७, लुम्बिनीमा ९७.३७ र कर्णालीमा ९६.८२ प्रतिशत रोपाइँ सकिएको छ । यसपालि कुल १३ लाख ७० हजार ६२ हेक्टरमा रोपाइँ हुने अनुमान रहेकामा हालसम्म १३ लाख १६ हजार ३९ हेक्टरमा सकिएको विभागको भनाइ छ । 

See More On

सुझावित समाचार