स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने चारजना पक्राउ

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

कालीकाेटकाे पलाँता गाउँपालिका–९ मा रहेकाे पलाँता अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने र अस्पताल ताेडफाेड गर्ने चारजना पक्राउ परेका छन्। शुक्रबार दिउँसाे र राति अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी अस्पताल  ताेडफाेड गर्ने चारजना प्रक्राउ परेका हुन्। 

कुटपिट र तोडफोडमा संलग्न पलाता–९, थिर्पूकी ३२ वर्षीया मैना बम, स्थानीय तपेन्द्र बम, मैनाका पति सुशीलकुमार बम र उनका १३ वर्षीय छोरालाई प्रहरीले राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी  कार्यालय कालिकाेटका प्रमुख हिमहादुर खत्रीले बताए।

सामान्य विवादले उग्र रूप लिएर कुटपिट र तोडफोड भएको उनले बताए। घटना विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। घटनाका दाेषीलाई कडा कारबाही हुनुपर्ने र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले भयरहित वातावरणमा काम गर्न पाउनुपर्ने जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकाेट व्यवस्थापक डा. रत्नवीर सुनारले बताए।

See More On

सुझावित समाचार