२५० को सामान किन्ने कञ्चनपुरका हेमराजले जिते १० लाख

आन्तरिक राजस्व विभागद्वारा लक्की ड्रमार्फत १६ विजेता छनोट, १५ जनाले जिते एक–एक लाख

शनिबार, २३ साउन, २०८३
डिजिटल संस्करण

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत शुक्रबार लक्की ड्रमार्फत १६ जना विजेता करदाताको छनोट गरेको छ । छनोटअनुसार बम्पर उपहारतर्फ शिवकृष्ण जेनेरल स्टोरमा दुई सय ५० रुपैयाँको सामान खरिद गर्ने हेमराज जोशीले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहार प्राप्त गरेका छन् ।

उनले कर कट्टीपछिको सात लाख ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै अन्य १५ जना विजेतालाई कर कट्टीपछि जनही एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नै पुरस्कारको घोषणा गरेका हुन् । विभागले गत साउन १ देखि १५ गतेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्ने करदाताको सूचीबाट यी विजेता छनोट गरेको हो ।

विजेतालाई अर्थमन्त्रीको बधाई 
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुईजना उपभोक्तालाई फोनबाट बधाई दिएका छन् । १५ दिनको बम्पर उपहारस्वरूप १० लाख विजेता कञ्चनपुर पुनर्वास नगरपालिकाका हेमराज जोशी र एक लाख विजेता रुपन्देहीकी सपना खरेललाई फोन सम्पर्क गरेर अर्थमन्त्री डा. वाग्लेले बधाई दिएका हुन् । साउन ९ गते देवदह नगरपालिका मिलनचोकमा रहेको शुभसिद्धी सप्लायर्सबाट नौ सय रुपैयाँको तरकारी खरिद गरेकी थिइन् ।

 १५ विजेताले कहाँ, कति खर्चेका थिए ?
लिटल फ्लावर इंग्लिस बोर्डिङ स्कुलमा ३० हजार, आरबी इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स सेन्टरमा २७०, टर्मिनल वान हिमालयन मार्ट प्रालिमा ५६०, बबल्स इन्टरटेनमेन्ट प्रालिमा २४०, भेटघाट रस्टुरेन्टमा ३००, श्री पाथीभरा देवी ट्रेडर्समा २३०, हाम्रो सहारा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभमा ३०००, शुभसिद्धी सप्लायर्समा ८००, होटेल एम्ब्रोसिया प्रालिमा ७३०, मुस्कान मोबाइलमा ४७००, टोखा डेरीमा २२५, मेगा मार्ट प्रालिमा १६०, मदन स्टोरमा ५८०, अल्लिप्स इकम प्रालिमा ५००, पिपुल कलेक्सनमा ५०० 

सुझावित समाचार