डिआइजीसहित एक हजार आठ सय प्रहरीमाथि विभागीय कारबाही

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण
डिआइजीसहित एक हजार आठ सय प्रहरीमाथि विभागीय कारबाही

पत्रकार सम्मेलनमा डिआइजी अबि नारायण काफ्ले र एसएसपी रमेश थापा

नेपाल प्रहरीले एक वर्षमा एक हजार ८४८ जनालाई विभागीय कारबाही गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कारबाहीमा पर्नेमा नायब महानिरीक्षक (डिआइजी) तहका प्रहरीसमेत छन्। 

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष ०८२/८३ मा एक डिआइजी, दुई एसएसपी, तीन एसपी, तीन डिएसपी र ३३ जना इन्स्पेक्टरमाथि कारबाही भएको छ। 

त्यस्तै, १७ वरिष्ठ सइ, ५२ सइ, १३९ असइ, ६१ वरिष्ठ हवल्दार, २६२ हवल्दार, ३५६ सहायक हवल्दार, ८६६ जवान र ५३ जना कार्यालय सहयोगी छन्। 

एक वर्षको अवधिमा १४ हजार ४०६ जना प्रहरीलाई पुरस्कृत गरिएको प्रहरी प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए। 

त्यस्तै, एक वर्षमा एक हजार २६४ प्रहरीले राजीनामा दिएका छन्। 

सुझावित समाचार