‘राष्ट्रिय भेलाको उद्देश्य राष्ट्रसामु देखिएका चुनौतीहरूको सामना गर्न र कांग्रेसआबद्धलाई एकता गर्न’

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एव‌ं राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले राष्ट्रसामु देखिएका चुनौतीहरूको सामना गर्न र नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूलाई एकताबद्ध गर्नु भेलाको मूल उद्देश्य रहेको बताएका छन्। 
राष्ट्रिय भेला आयोजक समितिका तर्फबाट शुक्रबार पत्रकार सम्मेलन गर्दै संयोजक डा. कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादका मूलभूत सिद्धान्तमा आधारित भई पार्टीलाई नयाँ कार्यदिशासहित नयाँ जीवन दिने दृढसंकल्प व्यक्त गरेका छन् । 

पत्रकार सम्मेलनमा डा. कोइरालाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकतासहित भावी कार्यदिशा तय गर्न साउन २९–३१ गतेसम्म काठमाडाैंमा आयोजना गरिएको राष्ट्रिय भेला नरोकिने पनि स्पष्ट पारे । 

उनले सो भेलालाई सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने उल्लेख गरेका छन्। डा. कोइरालाले कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारितासम्बन्धी मुद्दामा  सर्वोच्च अदालतले पुनरवलोकनका लागि दिएको अनुमतिलाई स्वागत गर्दै पुनरवलोकनबाट आफूहरूले  न्याय प्राप्त हुने कुरामा विश्वस्त रहेको बताएका छन् ।
 

सुझावित समाचार