गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तथा आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख कित्ता साधारण सेयर निष्कासन गर्न आरबिबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त नियुक्तिसम्बन्धी सम्झौतापत्रमा गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष मित्रबहादुर श्रेष्ठ र आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलबिच हस्ताक्षर भएको छ ।
प्रवर्द्धक कम्पनी गुमुखोला भ्याकुरे हाइड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजना दोलखाको कालिञ्चोक गाउँपालिकामा छ । रन अफ रिभर प्रविधिमा आधारित यस आयोजनाको कुलजडित उत्पादन क्षमता नौ सय ५० किलोवाट रहेको छ । यस आयोजनाबाट वार्षिक करिब ५.६ गिगावाट आवर विद्युत् ऊर्जा उत्पादन भइरहेको छ ।
आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारणलाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको सिँगटी सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।