याडियाको तीन स्मार्ट विद्युतीय स्कुटर सार्वजनिक

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया जिएस७०, जिटी७० र जिटी८० मोडेलका विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । आधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता तथा नेपाली उपभोक्ताको बदलिँदो  आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी स्कुटरहरूले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने कम्पनीको विश्वास छ ।

विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाले नवीन प्रविधि, उच्च कार्यसम्पादन र दिगो यातायात समाधानमार्फत नेपाली बजारमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउँदै आएको छ । नयाँ मोडेलका स्कुटरले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रा तथा प्रिमियम प्रदर्शन खोज्ने ग्राहकसम्मका विविध आवश्यकता पूरा गर्ने उद्देश्य राखेका छन् । यी स्कुटर लामो रेन्ज, स्मार्ट प्रविधि तथा उन्नत सुरक्षा सुविधासहित बजारमा उपलब्ध गराइएका छन् ।

याडियाले आफ्नो अत्याधुनिक ब्याट्री प्रविधि तथा उत्पादन गुणस्तरप्रति विश्वास व्यक्त गर्दै नयाँ मोडेलमा तीन वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको छ । जसले ग्राहकलाई दीर्घकालीन विश्वसनीयता र मानसिक सन्तुष्टि प्रदान गर्नेछ ।

लन्चको अवसरमा कुजु नेपालले नाइमा अटो सो सम्पन्न नहुँदासम्म तीनै मोडेलमा १० हजार रुपैयाँको विशेष छुट प्रदान गरिरहेको छ । इच्छुक ग्राहकले आफ्नो नजिकको आधिकारिक याडिया सोरुममा गई नयाँ मोडेलको अवलोकन गर्न, टेस्ट राइड लिन तथा फाइनान्सिङ सुविधा र स्वामित्वसम्बन्धी थप जानकारी प्राप्त गर्न सक्नेछन् ।

सुझावित समाचार