एनसेलको मनसुन अफरमा २० प्रतिशतसम्म क्यासब्याक पाइने

बिहिबार, २१ साउन, २०८३
डिजिटल संस्करण

ग्राहकलाई थप मूल्य, सहज डिजिटल अनुभव र जीवनशैलीसम्बन्धी सेवासँग जोड्ने उद्देश्यका साथ एनसेलले ‘मनसुन अफर’ सार्वजनिक गरेको छ । बुधबारदेखि सञ्चालनमा आएको अफरमा एनसेलका प्रिपेड ग्राहकले ५० वा सोभन्दा माथिका प्याक खरिद गर्दा पाँचदेखि २० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् । नयाँ सिम अर्थात् स्टार्टर प्याक खरिद गर्ने ग्राहकले पनि क्यासब्याकको लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, प्याक खरिद गरेपछि ग्राहकले तत्काल एसएमएसमार्फत क्यासब्याक भएको जानकारी प्राप्त गर्नेछन् भने क्यासब्याक एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ । ग्राहकले २४ घण्टाभित्र ‘क्लेम क्यासब्याक’ विकल्पमार्फत उक्त रिवार्ड दाबी गर्नुपर्ने हुन्छ र प्राप्त क्यासब्याक एक साताभित्र प्रयोग गरिसक्नुपर्ने बताइएको छ । क्यासब्याकबाट ग्राहकले आफूलाई आवश्यक अन्य योग्य प्याक खरिद गर्न सक्ने, तर यो रकम नगदमा रूपान्तरण वा अन्य ग्राहकलाई ट्रान्सफर गर्न भने नमिल्ने कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीका अनुसार, ५० देखि ९९ सम्मको प्याकमा पाँच प्रतिशत, १०० देखि २०० सम्ममा १० प्रतिशत, २०१ देखि ४९९ सम्ममा १५ प्रतिशत र ५०० वा सोभन्दा माथिका प्याकमा २० प्रतिशतसम्म क्यासब्याक प्राप्त हुनेछ । त्यसैगरी, ९९ को स्टार्टर प्याक खरिद गर्ने ग्राहकले पाँच प्रतिशत क्यासब्याक पाउनेछन् । 

See More On

सुझावित समाचार