नेसनल पेमेन्ट स्विचअन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपिएस)ले गत असारमा मात्रै १२ खर्बभन्दा बढीको कारोबार फर्स्योट गर्दै नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ उपलब्धि हासिल गरेको छ ।
आर्थिक वर्ष ०८२/८३ मा आरपिएसमार्फत ९३ खर्ब रुपैयाँबराबरको रियल–टाइम कारोबार फर्स्योट भएको छ, जुन सोही अवधिमा चेकमार्फत भएका कारोबारको कुल रकमभन्दा निकै बढी हो ।
यसले व्यक्ति, व्यवसाय, वित्तीय सेवाप्रदायक तथा सरकारी निकायरहित अन्तरआबद्ध डिजिटल भुक्तानी प्रणालीप्रतिको बढ्दो विश्वास झल्काउनुका साथै नेपालमा विकसित हुँदै गएको डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउन भुक्तानी पूर्वाधारको बढ्दो भूमिकालाई समेत उजागर गरेको छ ।