पार्टी कार्यालय र नेताका निवास दुःख–सुख साट्ने केन्द्र बन्नुपर्छ : योगेश भट्टराई

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टी कार्यालय तथा नेता–अगुवाका निवासलाई कार्यकर्ता र सर्वसाधारणका लागि दुःख–सुख साट्ने, प्रेम, भरोसा र विश्वासका केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले पार्टी कार्यालय र नेताहरूका घरमा पारिवारिक तथा कमरेड्ली वातावरणमा खुला छलफल हुन सक्ने वातावरण आवश्यक रहेको उल्लेख गरेका छन्।

‘पार्टी कार्यालय र नेता (अगुवा)का निवासहरू दुःख साट्ने, सुख बाँड्ने, प्रेमिल अनि भरोसा र विश्वासका केन्द्र बन्न सक्नुपर्छ। जहाँ पारिवारिक र कमरेड्ली वातावरणमा छलफल हुन सकोस्। नत्र दुःख पर्दा जाने कहाँ ?’ भट्टराईले भनेका छन्।

सुझावित समाचार