काठमाडौंको बाँसबारीमा सञ्चालनमा आयो लक्जरी इभेन्ट गन्तव्य ‘रामालय’

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौंको नारायणगोपाल चोकनजिकै बाँसबारीस्थित धापासी मार्गमा नेपालकै फरक शैली र सुविधाहरूलाई एकत्रित गरी निर्माण गरिएको एक मात्र बहुउद्देश्यीय एवं अत्याधुनिक सुविधासम्पन्न ‘इभेन्ट भेन्यु’ रामालय सञ्चालनमा आएको छ । 

रामालयमा आयोजना हुने हरेक इभेन्ट विशिष्ट अनुभवका रूपमा लामो समय स्मृतिमा रहन सकोस् भनेर यसको डिजाइन र निर्माण गरिएको छ । जोकोहीलाई मन्त्रमुग्ध पार्ने एलइडी सिलिङ प्रणाली, उत्कृष्ट इन्टेलिजेन्ट एन्ड हाइड्रोलिक लाइटिङ सिस्टम, व्यावसायिक एकोस्टिक्स (साउन्ड सिस्टम), उत्कृष्ट भित्री सजावट र स्वचालित मुड सेटिङ जोनहरूका कारण  रामालय निकै भव्य र आकर्षक देखिन्छ । 

रामालयको ‘फ्रन्ट फेस’ देखि नै यसको भव्यता झल्कन्छ । उत्कृष्ट आर्टिटेक्ट, कस्टमाइज डिजाइन र भेन्यु निर्माणमा नेपालमा प्रयोग भइरहेका शैलीहरूसँग बिल्कुलै फरक देखिने गरी यसको निर्माण गरिएको छ । 

यसअघि रामबग महल, उत्सव कुञ्जलगायतका इभेन्ट भेन्युको कुशल व्यवस्थापन गरिसकेकी खुश्बु ओझाले रामालय सञ्चालनमा ल्याएकी हुन् । नेपालमा फरक शैलीमा बनेको रामालय हरेक प्रकारका इभेन्ट सहज रूपमा आयोजना गर्न सकिने गरी निर्माण गरिएको छ ।

विशेष गरेर कर्पोरेट इभेन्ट आयोजना गर्नाका लागि अन्तर्राष्ट्रिय स्तरको भेन्युको अभाव महसुस गरेर रामालयको निर्माण र सञ्चालन गरिएको सञ्चालक ओझा बताउँछिन् ।३३ हजार स्क्वायर वर्गफिट क्षेत्रफलमा फैलिएको रामालय प्राकृतिक हरियालीबिचमा निकै भव्य र सुन्दर देखिन्छ । फलफूल र अन्य बोटबिरुवा भएको जमिनमा निर्माण गरिएको रामालयमा प्राकृतिक हरियालीलाई अझै उत्कृष्ट देखिने गरी डिजाइन गरिएको छ । 

काठमाडौंको घना बस्तीमा निर्माण भएको इभेन्ट भेन्यु भए पनि रामालय प्रवेश गरेपछि सहरबाट पर प्राकृतिक सौन्दर्यले भरिपूर्ण कुनै शान्त रिसोर्टमा पुगेको अनुभूति हुन्छ ।

इन्डाेर र आउटडोर एरियाको उत्कृष्ट संयोजन एवं वैज्ञानिक ढंगबाट स्पेस व्यवस्थापन गरिएको रामालय आर्टिटेक्ट डिजाइन, कन्सेप्ट, भेन्युका लागि आवश्यक पर्ने कन्टेन्ट अप्लाई गरिएका कारण अन्तर्राष्ट्रिय स्तरको भएको यसको सञ्चालक ओझा बताउँछिन् । 

यसको मुख्य हल एरियाको क्षेत्रफल आठ हजार स्क्वायर वर्गफिट रहेको छ भने आउटडोर स्पेस नाै हजार स्क्वायर वर्ग फिट रहेको छ । उच्चस्तरको बार, वासरुम, अपांगतामैत्री डिजाइन, साइज घटाउन र बढाउन मिल्ने स्टेज, चेन्जिङ रुम आदि व्यवस्था रहेको रामालयले सुरक्षा मापदण्डलाई पनि कडाइका साथ लागू गरेको छ । 

भेन्युको पछाडिबाट पनि सहज रूपमा आउन जान सकिने व्यवस्था मिलाइएको छ । कुनै आपतकालीन स्थिति सिर्जना भएमा ३० सेकेन्डदेखि एक मिनेटसम्ममा गेस्टहरू सुरक्षित तरिकाले बाहिरिन सक्ने गरी व्यवस्थापन गरिएको छ । भेन्युमा प्रवेश गरिसकेपछि हलमा पुग्नुअघि लबी एरिया रहेको छ । 

यहाँ उपलब्ध हुने सुविधा र यसको भव्यताले रामालयलाई लक्जरी पाँचतारे रिसोर्टको भन्दा पनि अब्बल साबित गरेको सञ्चालकको दाबी छ । सञ्चालक ओझाका अनुसार नेपालको उत्कृष्ट आर्टिटेक्ट इन्जिनियरिङ कम्पनी आरजी क्रियसन्सले रामालयको कन्सेप्ट, डिजाइन र निर्माण गरेको हो ।

‘इभेन्ट भेन्यु’ निर्माणको क्षेत्रमा आरजी क्रियसन्सको कन्सेप्ट, डिजाइन एवं किफायती निर्माण प्रक्रियाबारे पटकपटक सुनेकाले रामालयको निर्माणको जिम्मा आरजीलाई दिएको सञ्चालक ओझा बताउँछिन् । आरजीले तोकिएको समयमा उत्कृष्ट भेन्यु निर्माण गरेर हस्तान्तरण गरेकोमा सञ्चालक ओझाले खुसी व्यक्त गरिन्। 

अन्तर्राष्ट्रिय स्तरका गोष्ठी, सेमिनार, प्रडक्ट लञ्ज, कन्सर्ट, फेसन साे, ब्युटी प्याजेन्ट, कलेज तथा स्कुलका कार्यक्रम, सिनेमको प्रिमियर, शुभमुहूर्त आदि आयोजना गर्नका लागि रामालय उत्कृष्ट भेन्यु रहेको सञ्चालक ओझा बताउँछिन् । यहाँ एकैपटकमा दुई हजारजनासम्मका लागि पार्टी आयोजना गर्न सकिन्छ । 

डेस्टिनेसन वेडिङका लागि विशेष प्रकारको भेन्युको खोजिमा रहेकाहरूका लागि रामालय उत्कृष्ट विकल्प हुन सक्छ । विशेष गरेर छिमेकी मुलुक भारतबाट डेस्टिनेसन वेडिङका लागि नेपाल आउनेहरूलाई लक्षित गरेर रामालयको निर्माण गरिएको छ । 

रामालयमा अहिले दिनहुँ १० देखि १५ जना भेन्यु भिजिटका लागि आउने गरेको जानकारी दिँदै सञ्चालक ओझाले अधिकांशले इभेन्ट बुक गरेर फर्किने गरेको बताइन् ।

सुझावित समाचार