कांग्रेस संस्थापन इतर पक्ष राजनीतिकसँगै कानुनी लडाइँमा

मंगलबार, १९ साउन, २०८३
डिजिटल संस्करण

यही २९ साउनमा राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेको नेपाली कांग्रेस संस्थापन इतर पक्ष राजनीतिक मात्रै होइन, कानुनी लडाइँ पनि लडिरहेको छ । कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतको फैसला पुनरवलोकन गर्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्चमा पुनरवलोकन निवेदन दर्ता गराएका छन् । देउवा र खड्काको तर्फबाट दुईवटा फरक–फरक निवेदन छन् ।

सर्वोच्चले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि पुनरवलोकन निवेदन लिएर इतर पक्ष सर्वोच्च गएको हो । चारतारे झन्डा र रुख चिह्नको ब्यानरमै राष्ट्रिय कार्यकर्ता भेला हुने इतर पक्षका एक नेताले बताए । ती नेताका अनुसार सर्वोच्चको अघिल्लो फैसलामा केही त्रुटि रहेकाले पुनरवलोकनबाट सच्चिने विश्वास इतर पक्षको छ । 

सुझावित समाचार