थुनछेक नभ्याएपछि परराष्ट्रका सहसचिव भट्टराई सिआइबीकै हिरासतमा

सोमबार, १८ साउन, २०८३
डिजिटल संस्करण

ट्राभल डकुमेन्ट दुरुपयोगको आरोपमा पक्राउ परेका परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई अदालतले प्रहरीमै फिर्ता पठाएको छ। सोमबार थुनछेक आदेश नभ्याउने भएपछि उनलाई फिर्ता पठाइएको हो। 

उनी २०६८ सालमा परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामा कार्यरत थिए। त्यसवेला उनले हस्ताक्षर गरेका ट्राभल डकुमेन्ट तिब्बती शरणार्थीलाई बिक्री गरेको खुलेपछि जर्मन दूतावासले प्रहरीमा उजुरी गरेको थियो। २०६८ सालको असारमै उजुरी परेकामा अहिले बल्ल मुद्दा दायर भएको हो। गत साता उनलाई सरकारी वकिल कार्यालयले फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। 

यस प्रकरणमा मुछिएका नासु बच्चुराम केसीको २०७६ सालमै मृत्यु भइसकेको छ। 
 

सुझावित समाचार