सामाजिक सञ्जालमा फलोअर्स बढाउने र आर्थिक उपार्जन गर्ने नियतले भ्रामक तथा उत्तेजक सामग्री प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन्।
जातीय तथा धार्मिक हिंसात्मक गतिविधिहरूमा संलग्न व्यक्ति तथा समूहलाई थप उत्तेजित बनाउने सामग्रीहरू प्रसारण गरेको आरोपमा साइबर ब्युरोले अर्घाखाँचीका ३९ वर्षीय जनक भुसाललाई पक्राउ गरेको हो।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ घर भई हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बस्ने भुसाल आइतबार बुटवलबाट पक्राउ परेका हुन्। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट दिन सात म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ।