आइएमई खल्ती लिमिटेड (खल्ती)ले डिम्याट तथा मेरो सेयर खाता नवीकरण गर्दा शतप्रतिशत उपहार पाइने योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत खल्तीमार्फत डिम्याट तथा मेरो सेयर नवीकरण गर्ने प्रत्येक १५ दिनमा एक सयजना प्रयोगकर्ताले आफूले तिरेको शुल्कबराबर क्यासब्याक प्राप्त गर्नेछन् । यो योजना साउन अन्त्यसम्म सञ्चालन हुने बताइएको छ ।
हाल डिम्याट खाताको वार्षिक नवीकरण शुल्क एक सय रुपैयाँ र मेरो सेयरको ५० रुपैयाँ रहेको छ । प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले खल्तीले यो योजना ल्याएको जनाएको छ । यस योजनाले प्रयोगकर्तालाई नवीकरणसँगै अतिरिक्त लाभ लिन सक्ने अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।