व्यावसायिक नेतृत्वका लागि कार्यकारी एआई कार्यशाला

आइतबार, १७ साउन, २०८३
डिजिटल संस्करण

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की), युरोपियन इकोनोमिक चेम्बर, नेपाल (इइसी) र बोसद्वारा आयोजित ‘एआई फर डिसिजन मेकर्स–एन एक्जिक्युटिभ वर्कसप फर लिडर्स’ कार्यकारी कार्यशाला सम्पन्न भएको छ ।

शुक्रबार आयोजित कार्यशालामा स्थानीय व्यावसायिक नेतृत्व, वरिष्ठ कार्यकारी, उद्यमी तथा नीति–निर्मातालाई कृत्रिम बुद्धिमत्ता (एआई)को प्रभावकारी प्रयोगमार्फत व्यवसाय रूपान्तरण, उत्पादकत्व वृद्धि र रणनीतिक निर्णय प्रक्रियालाई सुदृढ बनाउने विषयमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटनका क्रममा बोसद्वारा प्रकाशित ‘फ्रम हाइप टु स्ट्राटेजी : एआई फर डिसिजन मेकर्स’ पुस्तकको समेत विमोचन गरिएको थियो । बोसका प्रबन्ध निर्देशक गुरुप्रसाद मुद्लापुरले उन्नत एआई प्रविधिमा पहुँच अहिले सहज भइसकेकाले संस्थाको प्रतिस्पर्धात्मक क्षमता अब रणनीतिक कार्यान्वयन र नेतृत्वले निर्धारण गर्ने बताए । उनले एआईलाई मानवीय विवेक, क्षेत्रगत विशेषज्ञता र ग्राहकप्रतिको विश्वाससँग जोडेर प्रयोग गर्न सके मात्र वास्तविक रूपान्तरण सम्भव हुने धारणा राखे ।

कार्यक्रममा नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जो र जर्मनीका राजदूत उडो युगेन भोल्जको उपस्थिति थियो । उनीहरूले डिजिटल नवप्रवर्तन, प्रविधि साझेदारी र निजी क्षेत्रको क्षमता अभिवृद्धिमा अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिएका थिए । कार्यशालाअन्तर्गत आयोजित फायरसाइड च्याटमा राष्ट्रिय योजना आयोगका सदस्य प्राडा सुदन झाले नेपालको विकासमा एआईको सम्भावना, सरकारी नीति तथा योजनामा यसको प्रयोग र सरकारले अघि बढाइरहेका पहलका विषयमा आफ्नो धारणा राख । 

सुझावित समाचार