काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– १३, चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साउन १६ गते राति १०:२५ बजे तामाङलाई पक्राउ गर्न खोज्दा उनले साथमा रहेको खुकुरी निकालेर खटिएका प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। उनलाई नियन्त्रणमा लिन तीन राउन्ड गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका तामाङको साथबाट लुटपाट र आक्रमणमा प्रयोग गरिएको खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। घाइते तामाङको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा प्रहरीकाे निगरानीमा उपचार भइरहेको छ।