सुनसरी घटनापछि प्रधानमन्त्रीको सम्बोधन : सुनसरीसहितका घटनाका दोषीलाई कानुनी कारबाही हुन्छ

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गरिने बताएका छन्।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले घटनाको वास्तविकता बाहिर ल्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। उनले घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे।

‘यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री शाहले भने।

प्रधानमन्त्रीले केही दिनअघि सुनसरीमा भएको घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिइने बताए।

उनले घटनाको निष्पक्ष अनुसन्धानका लागि छानबिन समिति गठन गरिने जानकारी दिँदै दोषीलाई कडा कानुनी कारबाही गरिने दोहोर्याए।

‘घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गरिन्छ। अनुसन्धान पारदर्शी हुनेछ र दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गरिनेछ,’ प्रधानमन्त्री शाहले भने।

सुझावित समाचार