सार्वजनिक यातायातमा सुधार गर्न रास्वपा सांसद पराजुलीको माग

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण

सत्तारूढ दल रास्वपाका सांसद गणेश पराजुलीले सार्वजनिक सवारीसाधनलाई सर्वसुलभ र सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पराजुलीले राजधानी सहरमै सार्वजनिक यातायातको अवस्था कहालीलाग्दो रहेको बताए।

सार्वजनिक यातायातले देशको आधुनिकता, समाजको संस्कार र नागरिकप्रति राज्यले गर्ने सम्मान मापन गर्ने उल्लेख गर्दै उनले भने, ‘तर, आज दुर्गम क्षेत्रको त कुरै छोडौँ, राजधानी सहरकै सार्वजनिक यातायातको कहालीलाग्दो अवस्थाको वर्णन गरी साध्य छैन। राजधानीमा सार्वजनिक यातायात नागरिकका लागि सुविधा होइन, सास्ती बनेको छ।’ 

राजधानीकै कैयौँ नयाँ बस्तीमा सार्वजनिक सवारीसाधन नचल्ने उल्लेख गर्दै सांसद पराजुलीले भने, ‘घण्टाैँ ट्राफिकमा अल्झिनुपर्ने, सिट क्षमताभन्दा दोब्बर भिडमा कोचिनुपर्ने, समयमै गन्तव्यमा पुग्न अनिश्चितता भोग्नुपर्ने अनि राजधानीकै कैयौँ नयाँ बस्तीमा सार्वजनिक सवारीसाधन नै नचल्ने। यो अवस्थाबाट नागरिकलाई मुक्त गर्न अब ढिला गर्नुहुँदैन।’

सुझावित समाचार