टी–२० आई वरीयतामा वैभवको छलाङ

बिहिबार, १४ साउन, २०८३
डिजिटल संस्करण
  • भारतका १५ वर्षीय ब्याट्सम्यान वैभव सूर्यवंशीले आइसिसी टी–२० आई ब्याटिङ वरीयतामा २३० स्थान सुधार गर्दै करिअरकै उत्कृष्ट ४८औँ स्थान रक्षा गरेका छन्

भारतका युवा क्रिकेटर वैभव सूर्यवंशीले टी–२० आई ब्याटिङ वरीयतामा एकैपटक २३० स्थान फड्को मारेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका वैभवले आइसिसी पुरुष टी–२० आई ब्याटिङमा ४८औँ स्थान पाएका छन् । १५ वर्षीय भारतीय खेलाडीले करिअरकै उत्कृष्ट स्थान हात पारेका हुन् । जिम्बावेको हरारेमा भएको तीन खेलको टी–२० आई सिरिजमा उनी म्यान अफ दी सिरिज भएका थिए । वैभवले ५०.३३ को औसतमा १५१ रन बनाएका थिए । उनले रेटिङ ५३६ अंक पाएका छन् । उनले सिनियर खेलाडीलाई समेत वरीयतामा पछि पारेका छन् । भारतका इशान किसनले करिअरको उच्च रेटिङ पाएका छन् । उनले ९१६ रेटिङ अंक हात पारे । उनले भारतका सूर्यकुमार यादव (९१२) र विराट कोहली (९०९) को करिअर उच्च रेटिङलाई समेत उछिनेका छन् ।

जिम्बावेविरुद्ध दुई अर्धशतक 
वैभवले गत साता जिम्बावेविरुद्धको शृंखलामा दुई अर्धशतक बनाएका थिए । यसै प्रदर्शनका आधारमा उनले टी–२० आई ब्याटिङ वरीयतामा छलाङ मारेका हुन् । पछिल्लो समय विश्व क्रिकेटमा उनले एकपछि अर्को रेकर्ड बनाएका छन् । इन्डियन प्रिमियर लिगमा अविस्मरणीय प्रदर्शनपछि उनी राष्ट्रिय टोलीमा परेका हुन् । 

ईशान शीर्ष स्थानमा
टी–२० आई ब्याटिङ वरीयतामा भारतका किसन शीर्ष स्थानमा रहेका छन् । उनले जिम्बावेविरुद्धको दोस्रो खेलमा उत्कृष्ट ८१ रन बनाएपछि करिअरकै उच्च रेटिङ अंक हासिल गरेका हुन् । किसनले समग्र टी–२० आई इतिहासमा तेस्रो उच्च ब्याटिङ रेटिङ पाएका हुन् । उनीभन्दा माथि भारतकै अभिषेक शर्मा (९३१ अंक) र इंग्ल्यान्डका डेभिड मालान (९१९ अंक) मात्र छन् ।

यसैगरी, पाकिस्तानका साहिवजादा फरहान दोस्रो स्थानमा छन् । उनले ८४८ रेटिङ अंक पाएका छन् । भारतका अभिषेक शर्मा ८१९ रेटिङका साथ तेस्रो स्थानमा रहे । इंग्ल्यान्डका फिल साल्ट चौथो स्थानमा छन् । श्रीलंकाका आक्रामक ब्याट्सम्यान पथुम निसांका ७५१ रेटिङ अंकका साथ पाँचौँ स्थानमा रहेको आइसिसीले जनाएको छ । यसैगरी भारतकै तिलक बर्माले छैटौँ स्थान पाउँदा ७५० रेटिङ अंक बटुलेका छन् ।

बलिङमा रसिद अगाडि
आइसिसीले टी–२० बलिङ वरीयता सार्वजनिक गरेको छ । जसमा अफगानिस्तानका स्पिनर रसिद खान शीर्ष स्थानमा छन् । उनले ७५३ रेटिङ अंक बटुलेका छन् । पाकिस्तान अबरार अहमद ७३६ रेटिङका साथ दोस्रो स्थानमा छन् । इंग्ल्यान्डका आदिल रसिदले तेस्रो स्थान हात पारे ।

अस्ट्रेलियाका फास्ट बलर एडम जाम्पा सात सय रेटिङका साथ चौथो स्थानमा छन् । अस्ट्रेलियाका नाथम एलिस पाँचौँ स्थानमा नाथन एलिस रहे । भारतका कप्तान शुभमन गिल एकदिवसीय ब्याटिङ वरीयतामा पहिलो स्थानमा उक्लिएका छन् । यस्तै, एकदिवसीय ब्याटिङमा शीर्ष चारमा भारतीय तीन खेलाडी छन् । विराट कोहली दोस्रो तथा रोहित शर्मा चौथो स्थानमा रहेका छन् । यसैगरी, भारतका जसप्रीत बुमराह टेस्टको बलिङ वरीयतामा शीर्ष स्थानमै रहेका छन् । टेस्ट ब्याटिङ वरीयतातर्फ ट्रेभिस हेड शीर्ष स्थानमा छन् ।

See More On

सुझावित समाचार