सुनसरी घटनाबारे गृह मन्त्रालयद्वारा छानबिन समिति गठन, केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

सुनसरीमा दुई समुदायबिचको झडप र प्रहरीको गोली प्रहार घटनाको छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। सहसचिवको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय भएको गृह मन्त्रालयकी सहायक प्रवक्ता रमा आचार्यले जानकारी दिइन्। 

घटनापछि सोमबार बिहान ९ बजे गृहमन्त्रीको अध्यक्षतामा सुरक्षा प्रमुखसहितको बैठक बसेको थियो। बैठकपछि समिति गठन भएको हो। साथै, आजै ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठकसमेत बोलाइएको छ। 

सुनसरीमा दुई समुदायबिचको झडप रोक्न खोज्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्। घटनापछि सो क्षेत्रमा कर्फ्यु लगाइएको छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन मन्त्रालयले दीर्घकालीन रणनीतिमा पनि पहल गरिरहेको गृहकी सहायक प्रवक्ता आचार्यले बताइन्। 

सुझावित समाचार