सामसङ इनोभेसन क्याम्पसले सुरु गर्‍यो नयाँ एआई कार्यक्रम

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

सामसङले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै सामसङ इनोभेसन क्याम्पस (एसआइसी) कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गर्दै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि आवेदन खुला गरेको छ ।

२०२५ डिसेम्बर २२ देखि २०२६ जुन ३० सम्म सञ्चालन भएको कोडिङ र प्रोग्रामिङ कोर्सले विद्यार्थीलाई प्राविधिक सिप, व्यावहारिक परियोजना अनुभव र एक्सपोजर प्रदान गरेको कम्पनीले जनाएको छ । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने विद्यार्थीलाई विशेष समारोहमा सम्मानसमेत गरिएको छ ।

सामसङको ग्लोबल सिएसआर भिजनअन्तर्गत सन् २०२३ मा नेपालमा सुरु भएको एसआइसीले सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता कार्यस्थल क्षमताहरूलाई सुदृढ गर्दै उदीयमान प्रविधिमा सान्दर्भिक सिप प्रदान गर्ने बताइएको छ । एआईले उद्योगलाई रूपान्तरण गर्दै डिजिटल पेसेवरहरूको नयाँ पुस्ताको उच्च माग सिर्जना गरिरहेको समयमा सामसङले नयाँ एआई कार्यक्रम ल्याएको हो ।

कक्षाकोठाभन्दा बाहिर पनि सामसङ नेपालले ग्य्राजुएटलाई सामसङका कर्मचारी र उद्योग विशेषज्ञबाट मेन्टरसिप, नवप्रवर्तन परियोजना र करिअर निर्देशनमार्फत सहयोग गर्न जारी राख्ने जनाएको छ । कम्पनीले ‘सामसङ इनोभेसन क्याम्पस अल्मुनाई नेटवर्क’ स्थापना गर्ने योजना पनि बनाएको छ, जसले ग्य्राजुएटलाई एक–आपसमा सम्पर्कमा रहन, निरन्तर सिकाइमा जोडिन र भविष्यका सहभागीलाई सल्लाह दिन सक्षम बनाउनेछ ।

नेपालको एआई इकोसिस्टम निर्माण गर्न, करिअरका अवसर विस्तार गर्न र देशको डिजिटल रूपान्तरणलाई गति दिन शिक्षाविद्, उद्योग र सरकारबिचको बलियो सहकार्य आवश्यक हुने विश्वास सामसङले लिएको छ ।

See More On

सुझावित समाचार