नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रदेश सरकारमा देखिएको राजनीतिक ‘डेडलक’ अन्त्य गर्न नेकपा र एमालेबिच संयुक्त सरकार गठन गर्ने सहमति भएको बताएका छन्।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच सातै प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि प्रतिक्रिया दिँदै पुनले उक्त सहमति तत्काल प्रदेशमा देखिएको राजनीतिक अस्थिरता समाधानका लागि गरिएको स्पष्ट पारे।
सुरुमा नेपाली कांग्रेससहित तीन दल मिलेर प्रदेश सरकार गठन गर्ने प्रयास गरिएको, तर कांग्रेस सहमतिमा नआएपछि नेकपा र एमालेले मात्रै अघि बढ्ने निर्णय गरेको बताए।