साउन ९ देखि १५ गतेसम्मको साप्ताहिक राशिफल

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण
  • ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको साउन ९ गते शनिबारदेखि साउन १५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । सरकारी कामकाजमा केही विलम्ब हुनेछ । तापनि कर्मप्राप्तिको योग छ । रोकिएका काम बन्नेछन् । बिग्रिएको सम्बन्ध पुनः सुमधुर बन्नेछ । आफन्तजनमा आत्मीय भाव बढ्नेछ । पढाइलेखाइमा राम्रै उन्नति हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) बोलीको प्रभावले धेरै काम बन्न सक्छन् । मानसम्मान पाइनुका साथै प्रशस्त धनलाभ हुने योग छ । रोकिएका काम बन्ने र नयाँ काम पाइने समय छ । व्यवसायबाट राम्रै फाइदा उठाउन सकिनेछ । आफन्तजनको सहयोग जुट्नेछ र कामका चुनौतीहरू पनि हट्नेछन् । व्यवसायबाट प्रशस्त लाभ होला । अरूको मन जित्न सकिनेछ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । बुधबारपछि कामको सफलताले प्रसन्नता मिल्नेछ । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कामबाट विश्राम लिने मौका छ । विभिन्न उपहारसमेत पाइएला । बुधबार र बिहीबार विवादमा परिने, आर्थिक अभावले सताउने र खर्च बढ्ने समस्या देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सुरुमा खर्चको मात्रा बढे पनि नयाँ काममा लगानी बढाउने समय छ । टाढाको यात्रा वा स्थान परिवर्तन हुने सम्भावना छ । बुधबारपछि कामको चाप बढ्नुका साथै केही कमजोरीको अनुभूति हुनेछ । तापनि, आफन्तजन र विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । आर्थिक अभावले अलि सताउने देखिन्छ । घरायसी विवादमा परिने सम्भावना छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय रमाइलो रहला । सुरुमै राम्रो आम्दानी हातपर्ला । काममा उत्साह बढ्नेछ । व्यावसायिक काममा लाभ होला । श्रमको उचित मूल्यांकन हुनेछ । बुधबार भने आकस्मिक खर्च बढ्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । दीर्घकालीन योजना बन्नेछन् । रोजगारी र यात्राका लागि समयअनुकूल रहला । आत्मीयजनसँग केही असमझदारी बढ्नाले मन खिन्न रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । आम्दानी बढ्नेछ । बिहीबारपछि भने खर्च बढ्ने र काम रोकिने सम्भावना छ । तापनि, वैदेशिक क्षेत्र लाभदायक रहला । दीर्घकालीन योजना बन्नेछन् । सप्ताहान्त उत्साहप्रद रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम र जिम्मेवारी मिल्ने समय छ । धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जाला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जित्न सकिनेछ । बुधबार भने काममा चुनौती र केही नोक्सानीको योग छ । राजनीति र नोकरीमा पनि असन्तोष जाग्नेछ । चोटपटक लाग्ने वा अस्वस्थताको योग छ । कामका जिम्मेवारी थपिएलान् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समयअनुकूल बन्नेछ । मान बढ्ने र सामाजिक प्रतिष्ठा मिल्ने समय छ । गरेका कामको प्रशंसा हुनेछ । कीर्ति राख्ने समय छ । रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ । आयआर्जनमा सुधार आउनेछ । अरूको मन जित्न सफल भइनेछ । कर्मसिद्धि हुनेछ । दाम्पत्यमा असमझदारी वा प्रतिस्पर्धाको समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुरुमा मनोरञ्जनपूर्ण जमघट, क्रियाकलाप आदिमा सहभागी हुने योग छ । समय रमाइलो रहला । मित्रता र प्रेमको बन्धन कसिने वेला छ । पतिपत्नीबिच भने असमझदारी बढ्न सक्छ । बिहीबारदेखि समय अलि प्रतिकूल रहला । शुक्रबारपछि स्थितिमा सुधार आउनेछ । सामाजिक काममा रुचि बढ्नेछ । नोकरीमा लाभ र राजनीतिक प्रभाव बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रयत्न गर्दा प्रशस्त धनलाभ हुनेछ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पाइनेछ । साताको उत्तरार्द्धमा केही झमेला, विवाद र चोटपटकको योग छ, सचेत रहनुहोस् । आर्थिक अभाव खट्किने देखिन्छ । निरन्तरको प्रयासले फाइदा होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) सुखद समाचारले अझ उत्साह बढ्नेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्रा सम्भावना छ । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । प्रशस्त धनलाभ हुनेछ । बुधबार भने केही समस्याहरू आइलाग्नेछन् । यात्रा कष्टपूर्ण बन्नेछ । शत्रुबाधा, अस्वस्थता र धनहानिको योग छ, सचेत रहनुहोला । सप्ताहान्तमा व्यावसायिक यात्रा सम्भावना छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) परिवारजन तथा बन्धुबान्धवबिच आत्मीय भाव बढ्नेछ । भूमि तथा पशुधनबाट लाभ लिने समय छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । 

See More On

सुझावित समाचार