नेपाल राष्ट्र बैंकले नेपाली तथा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलरबराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्ने जनाएको छ। यसभन्दा बढी रकम ल्याउँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले स्पष्ट गरेको छ।
राष्ट्र बैंकका अनुसार पाँच हजार अमेरिकी डलरबराबरको भारतीय रुपैयाँ पनि भन्सार घोषणाविना ल्याउन सकिनेछ।
यसैगरी, चलन चल्तीमा रहेका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजारसम्म नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था यथावत रहेको छ। तर, नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यहाँबाट नेपाल ल्याउन भने पाउनेछैनन्।